
राजेन्द्र दुष्ट
बेल्टार चैत्र २० गते ।
उदयपुरका चौदण्डीगढीको माडिबासमा शहरी स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरको छ ।
चौदण्डिगढी नगरपालिका– २ को माडिबासमा भवनको शिलान्यास नगर प्रमुख खगेन्द्र राईले बुधवार गरेको हो ।
मुलुक संघिय शासन प्रणालीमा गएपछि नेपाल सरकारले ल्याएको नीति ‘एक वडा एक स्वास्थ्य चौकी’को अवधारणा अनुसार नगरले स्वास्थ्य केन्द्रको शिलान्यास गरेको पालिकाले जनाएको छ ।
स्वास्थ्य भवन निर्माणको लागि चालु आर्थीक वर्षमा नगरपालिकाले १५ लाख बजेट विनियोज गरेको थियो । उक्त बजेटले ४ कोठे जस्ताको छाना भएको भवन निर्माण गरिने पालिकाले जनाएको छ । जगतबहादुर खड्काको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरि शिलान्यास गरिएको प्रमुख राईले बताए ।
केन्द्रको भवन निर्माण गर्नका लागि करिब २ वर्ष अगाडी स्थानिय देवराज खड्काले ५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेको थियो । जग्गा दान गरेको भएपनि विभिन्न स्वार्थका लागि पटक पटक विवादमा परेपछि पालिकाले सार्वजनिक जग्गाको पहिचान गरि शिलान्यास गरेको प्रमुख राईले बताए ।
जग्गा दान गरेको लामो समय विति सक्दा समेत संचालक समितिको अध्यक्ष हुनु पर्ने माग पटक पटक गर्दै आएपछि सोमबार उपभोक्ता समितिको आम भेलाको छलफलले नजिकै सार्वजनिक जग्गाको पहिचान गरि भवन निर्माणको शिलान्यास गरेको पालिकाले जनाएको छ ।
विवादीत जग्गादेखि करिब ३ सय मिटर पश्चिममा स्थानिय सिंहदेवी माध्यामिक विद्यालयको नजिकै सरकारी जग्गा उपलब्ध भएपछि भवनको शिलान्यास गरिएको चौदण्डिगढी नगपालिका वडा नं २ का वडा अध्यक्ष सन्तोस सुवेदीले बताए ।
भवन निर्माण शिलान्यास कार्यक्रममा नगरपालिका अधिकृत शिवप्रसाद हुमेगाई, स्वास्थ्य शाखा प्रमुख जेतबहादुर पोखरेल लगायत कर्मचारी, वडा सदस्यहरु र स्थानियबासीको उपस्थिति रहेको थियो ।