पूर्णपुष्टि उदयपुर, चैत १८ गते
-उदयपुरको सदरमुकाम गाईघाटको बजारको स्वरुप बनाउने र स्वास्थ्य, शिक्षा र समाजसेवामा विशेष योगदान पुर्याएका एक ऐतिहासिक व्यक्तित्वलाई आईतबार सम्झने काम भएको छ ।
स्व. डा. रणसेर राई स्मृति अक्षयकोषको आयोजनामा स्मारिका वितरण समारोह कार्यक्रममार्फत स्व. राईलाई सम्झिने काम भएको हो ।कार्यक्रमका सहभागिहरुले स्व. राईको योगदानको चर्चा गर्दै उहाँलाई सदा सम्झने र उहाँको योगदानको कदर हुने किसिमको काम हुनुपर्नेमा जोड दिए ।
स्व. राई समाजसेवी, शिक्षाप्रेमी, विकासप्रेमी, शाहसी, जीवनभर सक्रिय, इमान्दार, सहयोगी र परोपकारी रहेको कुरा उल्लेख गर्दै विशेषगरी स्वस्थ्य उपचारबाट धेरैको सेवा पुर्याएको उनीहरुले बताए । खोटाङमा जम्मिएका स्व. राई ब्रिटिस लाउरेमा चिकित्सा पढेर बीचमै देश फर्केका थिए ।
खोटाङ र उदयपुरमा सेवा पुर्याएका स्व. राईले दुबै जिल्लाबासीले सदा सम्झने योगदान गरेका थिए । कार्यक्रममा स्व. राईको सम्झनामा छोरा महेन्द्र राईको पहलबाट अषय कोषले प्रकाशन गरेको स्मारिका कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र स्व. राईकी छोरी जिल्ला समन्वय समिति उदयपुरको उपप्रमुख गंगा राईको हातबाट वितरण गरिएको थियो ।
स्व. डा. रणशेर राई र त्रियुगा, बरुवा सभ्याता बारे मेयर चौधरीको भनाई (भिडियो)