
उदयपुर, जेष्ठ १६ गने ।
हङ्गेरीको एक नदिमा डुङ्गा पल्टिदा ७ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएको छ ।
राजधानी बुडापेस्ट स्थित ड्यानुब नदीमा भएको दुर्घटनामा मृत्यु र बेपत्ता हुने दक्षिण कोरियाबाट आएका पर्यट रहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
दुर्घटनामा भएका डुङ्गाामा ३३ जना सवार थिए । डुङ्गामा सवार अधिकांश दक्षिण कोरियी पर्यटक एमटीआई समाचारसंस्थाले उल्लेख गरेको छ ।
बुधवार राति करिब १० बजे नदीको किनारमा बाँधेर राखिएको डुङ्गामा अर्को डुङ्गा आएर ठोकिएपछि दुर्घटना भएको थियो ।
अत्याधिक वर्षा भएकाले नदीमा पानीको वहाव बढीको थियो । दुर्घटनामा आफ्ना १९ जना नागरिक हराएको दक्षिण कोरियाको विदेश मन्त्रालयले पुष्टि गरेको छ भने एक सरकारी टोली पठाउने योजना बनाएको जनाईएको छ ।
डुङ्गा, गोताखोर, प्रकाश तथा रेडार उपकरणको प्रयोग गरि बेपत्ता भएकाहरुको खोजीकार्य तिब्र रुपमा गरिएको छ ।