Friday, February 7News That Matters

हडियामा ग्लोबल आइएमइको शाखारहित सेवा सुरु

उदयपुर, जेठ ३२ गते ।

ग्लोबल आइएमई बंैक लिमिटेड गाईघाट शाखाले चौदण्डीगढी नगरपालिका ९ हडियामा शाखा रहित बैंकिङ्ग सेवा शनिबारदेखि संचालनमा ल्याएको छ ।

ग्राहकहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक प्रतिनिधिहरुको माध्यमबाट सहज किसिमले वित्तीय पहुंच पु¥याउने उद्देश्यका साथ १४५ औ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिएको हो । चौदण्डीगढीका मेयर खगेन्द्र राई, उपप्रमुख रिता चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायतले सेवाको संयुक्त उद्घाटन गरेका थिए ।

शाखा प्रबन्धक रविनराज दाहालका अनुसार ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३७ शाखा, १४२ एटिएम, २५ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । साथै देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालयमाफर्त आफ्ना १० लाख भन्दा बढि तिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गद ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा सेवा प्रनाद गर्दै आईरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको गाईघाट शाखाका कर्जा अधिकृत अभिनास पोखरेलले बताए ।