Tuesday, June 30News That Matters

हतियारधारी समूहसँग स्थानीय बासिन्दा विच झडप

पूर्णपुष्टि, असार १२

काभ्रेमा हतियारधारी समूहसँग स्थानीय विच झडप हुदा ५ जना घाईते भएका छन् । रोशी गाउँपालिकामा बोधिचित्त लुटपाट गर्न गएका समूहसँग झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले जनाएको छ ।

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गतराति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँमा पुग्दा हतियारधारी समूह भागिसकेको प्रहरीले जनाएको छ ।

हतियारधारी समूहले बाटोमा बम जस्तो वस्तु राखेको र त्यो अहिले हटाइसकिएको पनि प्रहरीले जनाएको छ ।  मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।