Monday, June 22News That Matters

हत्या आरोपमा बाबुछोरा पक्राउ

पूर्णपुष्टि, बैशाख १६

एक पुरुषको हत्या आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जाजरकोटको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताउनुभयो । उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ ।