Sunday, May 17News That Matters

हलुवाई सेवा समाजको दोस्रो साधारणसभा सम्पन्न

पूर्णपुष्टि, पौष ११

हलुवाई सेवा समाज गाईघाट उदयपुरले आफ्नो दोस्रो साधारण सभा गाईघाटको टाउन हलमा शनिवार सम्पन्न गरेको छ । संस्थाले बर्षभरी गरेको सामाजिक कार्यहरुको बिषयमा छलफल गर्दै सभा सम्पन्न गरेको हो ।

सभामा बार्षिक कार्यक्रमहरुको बारेमा बिश्लेषण गर्दै आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । संस्थाका कोषाध्यक्ष अजय कुमार शाहाले आर्थिक प्रदिवेदन प्रस्तुत गर्नुभयो ।  ।

यस हलुवाई समाज सेवाले आम समाजका लागि सामाजिक कार्यको काम गर्नुका साथै हलुवाई जातिहरुको विकासमा जोड गर्ने हलुवाई समाज सेवा उदयपुरका अध्यक्ष देव नारायण शाहाले बताउनुभयो । शाहाले यो एउटा जातिविकासमा जोड गर्ने संस्था भएका कारण हलुवाई जातिहरुको आर्थिक, सामाजिक, राजनैतिक जस्ता क्षेत्रमा बिषेश जोड गर्दै अन्य क्षेत्रमा समेत उदाहरणीय काम गर्दै आएको बताउनुभयो ।

संस्थाका सचिव चन्दन शाहाले संस्थाले हलुवाई जातिहरुको निम्ति थप कामहरु गर्ने जनाउनुभएको छ । कार्यक्रम संञ्चालक समेत रहेका शाहाले आउँदो दिनहरुमा हलुवाई समाजका लागि थप महत्वपूर्ण कार्यक्रमहरु समाजले गर्ने बताउनुभयो ।