Tuesday, April 21News That Matters

हवाई आक्रमणमा कुद्स फोर्सका प्रमुखको मृत्यु

पुस १८ गते । 

हवाई आक्रमणमा ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको मृत्यु भएको छ । ईरानको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा सोलेमानीको मृत्यु भएको हो ।

आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि मृत्यु भएको छ । हवाई आक्रमणमा प्रमुख सोलेमानीसँगै आठ जनाको मृत्यु भएको थियो भने आक्रमणको जिम्मा अमेरिकाले लिएको छ ।

अमेरिकी रक्षा विभागले जारी गरको बयानका अनुसार ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’