
पूर्णपुष्टि/मंसीर ७ गते ।
उदयपुर–नेपाली कांग्रेस, त्रियुगा नगरपालिका १० वडाले आप्mनो कार्यकर्तामाथि हातपात भएको भन्दै बिहिबार एक प्रेस विज्ञप्ती जारी आपत्ति प्रकट गरेको छ ।
एकदिन अघि बाम गठबन्धन संबद्ध हेम मगर र ससी राईले कांग्रेस कार्यकर्ता गोपाल विसंखेलाई हातपात गरेको भन्दै खेद प्रकट गरेको विज्ञप्तीमा उल्लेख छ ।
वडा सभापति फिरन खड्डाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गर्दै गल्ती नदोहोर्याउन अपिलसमेत गरिएको छ ।
यस विषयमा ससी राइले मादक पदार्थले मातिएको अवस्थामा भेटिएका विसंखेसंग सामान्य भनाभन मात्र भएको हातपात नभएको बताउनुभयो ।