
संखुवासभा असार २० गते ।
संखुवासभाको सिलिचोङबाट हातहतियार सहित एक जना पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिक – १ बाट ओखलढुंगा चिशंखुगढी गाउँपालिका – ७ निबासी निम दोर्जी तामाङलाई हातहतियार र गोलिगठ्ठा सहति प्रहरीले पक्राउ पक्राउ गरेको हो ।
गत सोमबार विहान करिब ९ ः ५५ बजे होयङ्लामा जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटेका प्रहरी टोलीलाई लक्षीत गर्दै तामाङ सहितको टोलीले गोली चालाएका थिए । प्रहरी माथी गोली चालाएपछि आत्मारक्षाको लागि जवाफी फायर गर्दै अनुसन्धान तथा खोजी कार्यको क्रममा मंगलबार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पक्राउ पर्ने तामाङको साथबाट एस्एलआर एक थान त्यसमा प्रयोग हुने ६५ राउण्ड गोली, म्यागजिन एक थान, १३ थान खोका, एलएमजी राईफलमा प्रयोग हुने २० राउण्ड गोली, एक थान म्यागजिन, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट तार, डेडकर्ड र मेमोरी कार्ड सहित एक थान मोवाईलसँगै एक थान सिलिपिङ व्याग, एक थान पछाडी भिर्ने कालो झोला, एक थान कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव, एक थान खाली डायरी, समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त हातहतियार सहित पक्राउ परेका तामाङलाई थप अनुसन्धान भई रहेको छ भने कानुनी कारबाहीका लागि प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।