Sunday, February 16News That Matters

हात्तीको आक्रमणबाट एकको मृत्यु

उदयपुर, मंसिर २७ गते

उदयपुरको बेलका नगरपालिका ३ मा जङ्गली हात्तीले एक ब्यक्तिको ज्यान लिएको छ ।

चार वटा हात्तिको समुहले स्थानीय ५५ बर्षिय बुद्धिमान मगरको गएराती ज्यान लिएको हो ।
खर काट्न गएका मगर राती नफर्किए पछि खोजी गर्नेक्रममा आज बिहान प्रस्ताबिक पौरखी सामुदायिक बनको जङ्गलमा मृत भेटिएका हुन् ।

घटनास्थलको प्रकृतिले मगरलाइ एक किलोमिटरसम्म घसारेर मारि फालेको पाइएको स्थानीयले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि िजल्ला अस्पताल उदयपुर लैजाने तयारी भैरहेको इलाका प्रहरी रामपुरका ईन्स्पेक्टर नबिनकुमार सिङले बताए ।