Friday, May 22News That Matters

हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु

झापा,जेष्ठ ४ गते ।

जंगली हात्तिको क्रमणबाट झापामा एक जेष्ठनागरिकको मृत्यु भएको छ । कचनकवल–७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाई हिजो साझँ ५ बजे एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।