Tuesday, March 18News That Matters

हावाहुरीका कारण बेल्हामा क्षति

 एस किराँती

 वैशाख, १ बेल्हा

वर्षा सँगै आएको हावाहुरीले चौदण्डीगढी नगरपालिकामा क्षति पुराएको छ । वडा नं. ५ बेल्हा स्थित आधारभुत विद्यालय सिवाइ बेल्हाको दृस्टी विहिन आवस सँगै, योगेन्द्र चौधरी, छेवल चौधरी लगायतका घरको छाना उडाएर हावाले क्षती पुराएको हो ।

करिब साझ ३ बजे तिर आएको हावाहुरीले दृष्टि बिहिन आवस सँगै अन्य घरको छाना उडायपछि स्थानीयहरु बिचल्लीमा परेका छन् । आफ्नो घरको छाना उडाएपछि पिडीतहरु छिमेकीको घरमा बास बस्नु परेको पिडित परिवारहरुले जनाएको छ ।

अनुमानित १३ घर भन्दा माथि घरपरिवारको बिचल्ली भएको र २५ लाख भन्दा बढी क्षती पुगेको इलाका प्रहरीचौकी बेल्टारका प्रमुख गँगा पौडेलले जानकारी गराएको छ ।