
पूर्णपुष्टि, असार २७
हिजो राती परेको अविरल बर्षाले सनुवा सुक्नाई खोलाको बाँध भत्काएर पानी बस्तीमा छिरेको छ । पानी बस्तीमा छिर्दा त्रियुगा नगरपालिका–२ नमुना टोलका स्थानीयहरुलाई असर पारेको छ । पानी छिरेसँगै त्यहाँका स्थानीयहरु रातभर पानीबाट जोगिन सुरक्षित स्थान तर्फ गएर बसे ।
रातभर पानी परेपछि बाँधले खोला थेग्न नसक्दा बाँध बत्किएर पानी नमुना टोलमा छिर्दा करिब २० घरमा क्षती पुगेको हो । बाडी स्थानीयहरुको घर भित्र छिर्ता भान्सा कोठा, खाद्यन्न लत्ता कपडा भिजेर नष्ट भएको स्थानीयहरुले जनाएको छ ।
स्थानीय ईश्वरी बस्नेतका अनुसार पानीले खेतीयोग्य जमिन समेत डुवाएको छ । धान रोपेका करिब ६ बिघा खेतहरु डुवानमा पारेपछि स्थानीयहरु चिन्ति बनेको बस्नेतले जनाए ।
रोपाई गरिएको धान हरियो भइसकेको थियो तर हिजो रातिको वर्षातले खोलामा बाडी पस्दा खेत नै बालुवाले पुरिएको स्थानीय गौरीनारायण राजधामीले बताए ।
पानीले टोल डुबाएपछि वडा अध्यक्ष घमान सिंह खत्री, नगर कार्यापालिका सदस्य कमला खड्का र स्थानीयहरुले मिलेर भत्केको बाँधलाई जेसिवी लगाएर पून निर्माण गरेको छ । पानीले स्थानीयहरुलाई असर गरेपछि स्थानीयहरुले नै वडा अध्यक्ष र सदस्य खड्कालाई अनुगमनका लागि बोलाएका थिए ।

