पूर्णपुष्टि/उदयपुर, पुस २४ गते ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतका लागि समाजसेवी ज्ञानेन्द्र वान्तवाले सोमबार टिभि प्रदान गर्नुभएको छ ।
विभिन्न घटना, लागूऔषध तथा अनुसन्धानमा लागि प्रहरी हिरासतमा रहेकाहरुलाई त्यतिकै समय व्यतित गर्नुभन्दा टेलिभिजनका कार्यक्रममार्फत सचेतना जगाउने उद्देश्यका साथ टिभि प्रदान गरेको वान्तवाले बताउनुभयो । वान्तवाले टिभि मनोरञ्जनका लागि नभएर चेतनाका लागि प्रदान गरिएको बताउनुभयो । हिरासतमा रहेको बेला टिभिका विभिन्न चेतनामुलक कार्यक्रम हेरेर सकारात्मक सोचको विकास गर्ने, नराम्रा वानी व्यवहार त्यागेर राम्रा बानीको विकास गर्ने अपेक्षाका गरिएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको उपस्थितिमा समाजसेवी वान्तवाले जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टलाई टिभि प्रदान गर्नुभयो ।
समयानुकुल प्रहरी÷प्रशासन मानवअधिकारमैत्रीका साथै बाटो विराएकाहरुलाई सकारात्मक बाटो र परिवर्तनतर्फ उन्मुख गराउने निकाय भएको प्रजिअ कँडेलले बताउनुभयो । एसपी भट्टले समाजसेवी वान्तवाको सहयोगलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भिडियो