Friday, May 22News That Matters

हेटौँडामा मृत्यु भएका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ३

हेटौँडामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा उप–महानगरपालिका–१ को जरुवाटोलका ६१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

ती पुरुषमा हेपटाइटिस, रक्तचाप लगायतको स्वास्थ्य समस्या रहेको थियो ।  हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्यले जनाएको छ ।