Monday, February 17News That Matters

हेलीले राहत ताप्लि पुर्यायो

उदयपुर, साउन ९ गते ।

१ नं. प्रदेश सरकारले राहतस्वरुप उपलब्ध गराएको खाद्यन्न ताप्ली गाउँपालिका पुर्याईएको छ । लिम्चुङबुङ लैजाने भनिएको खाद्यन्न लिम्चुङबुङमा मौसम गडबढीका कारण ताप्ली लगिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । नेपाली सेनाको हेलीकेप्टरमा लगिएको खाद्यान्न ताप्लीको रुपाटारमा राखिएको थियो । एकलटमा चामल २ हजार १० केजी, दाल १ सय ८० केजी, नुन १ सय ५० केजी र १ सय २० लिटर पुर्याएको हो ।

उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ ।

एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ ।