
पूर्णपुष्टि, माघ १२ ।
लिम्चुङबुङ सरकारले हेल्लो सरकारको सुरुवात गरेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय जनताको सरकारसंग पहुँच बढोस् भन्ने हेतुले “हेल्लो लिम्चुङबुङ सरकार” को सुरुवात गरेको अध्यक्ष मेजरकुमार राईले जानकारी दिनुभयो ।
९८५२८२९०२३ र ९८१४७६३१५५, यी दुई मोवाईल नम्बरबाट हेल्लो लिम्चुङबुङ सरकार गर्न सकिने छ । हेल्लो सरकारका लागि एउटा नेपाल टेलिकम र अर्को एनसेलको नम्बर प्रयोगमा ल्याइएको हो । गाउँपालिका सम्बन्धी कुनै पनि जानकारी वा गुनासो भएमा कार्यालय समयमा ती नम्बरहरुमा सम्पर्क गर्न सकिने भएको छ ।
