
उदयपुर, जेठ ३१ गते ।
हेवेन्ली पाथ नेपाल जिल्ला समिति उदयपुर तथा जिल्ला नारी समितिको १४ औं वार्षिक साधारणसभा तथा ५ औं साधारण सभा बिहिबार ९हिजो० गाईघाटमा सम्पन्न भयो ।
हेवेन्ली थाप नेपालका केन्द्रिय प्रवक्ता नरेन्द्र अधिकारीको प्रमुख आतिथ्य तथा केन्द्रिय उपाध्यक्ष भरत चामलिङ र नारी समिति केन्द्रिय अध्यक्ष लीला राईको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
अधिवेशनबाट रामसिंह बायुङ राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ भने सुमित्रा बायुङ राईको अध्यक्षतामा ११ सदस्यीय नारी समितिको नयाँ कार्यसमिति चयन भएको छ ।
गाईघाटस्थित कर्मचारी संंगठनको सभाहलमा भएको कार्यक्रममा विभिन्न अतिथिहरु र हेवेन्ली पाथका अनुन्यायीहरुको उपस्थिति थियो ।