Friday, October 4News That Matters

होचापुड्का अपाङ्गतालाई निःशुल्क स्वास्थ्य उपचार

पूर्णपुष्टि/उदयपुर, असोज ९ गते ।

अब नेपालको होचापुड्का अपाङ्गताहरुले निःशुल्क स्वास्थ्य उपचार पाउने भएको छन् ।

होचापुड्का अपाङ्गताहरुले देशका एक सय ५२ अस्पतालबाट निःशुल्क स्वस्थ्य उपचार पाउने भएको हो ।

नेपाल मेडिकल व्यावसायी संघ र नेपाल होचापुड्का संघ विच मंगलबार सम्झौता भएपछि उनीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।

उक्त सेवा उपलब्ध गराउनलाई नेपाल मेडिकल व्यावसायी संघको अध्यक्ष सिताराम रेग्मी र होचापुड्का संघको अध्यक्ष निर्मल मक्रातीेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

दुई संघ विचको सहमतिमा होचापुड्का तथा अपाङ्गता भएका व्यक्तिहरुले मेडिकल संघ सँग सम्बन्धित सो अस्पतालबाट निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार पाउने सुविधा उपलब्ध गराइएको हो ।

सम्झौता भई सके पछि दुवै पक्षले आ–अफ्ना माताहतका निकायलाई पत्रचार गरि जानकारी गराईने जनाएको छ ।

सेवा लिन आउदा होचापुड्का संघको सिफारीस अनिवार्य रुपमा लिएर आउने पर्ने सम्झौता पत्रमा उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0