
पूर्णपुष्टि,फागुन २२ । फागु पुर्णिमा अर्थात पहाडी होलीको अवसरमा काठमाडौमा टमाटर उत्सव ला टोमाटिनको आयोजना गरिएृको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो ।
लैनचौरमा भएको ला टोमाटिनामा युवायुवतीहरू रमाएका थिए । ला टोमाटिना युरोपेली मुलुक स्पेनमा लोकप्रिय छ ।
नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो ।
