
साउन १३ गते ।
वैशाखमा संचालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
नतिजा प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको परीक्षा बोर्ड स्रोतले जनाएको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।
परीक्षाको नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलन अनुसार बोर्ड बैठक आहृवान गरिएको हो ।
यसपालि सवै विषयका नतिजा एकै पटक प्रकाशन गर्ने भएको छ । अरु बेला जस्तो विज्ञान र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो ।
वैशाखमा संचालन भएको कक्षा १२ को परीक्षामा ४ लाख परीक्षार्थीले परीक्षा दिएको थियो ।