Friday, February 7News That Matters

१२ कक्षाको परीक्षाफल सार्वजनिक

साउन १३ गते । 

गत वैशाखमा भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ १२ को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फका ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । दिउँसो बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरिएको हो ।

नियमिततर्फका ३ हजार ६७ जनाले ३.६१ देखि ४.०० सम्म जीपीए ल्याएको छ भने १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० सम्म जीपीए ल्याएका छन् । ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० सम्म जिपिए ल्याएको छ भने  ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन् । त्यस्तै ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० सम्म जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१९ हजार जनाले १.२१ देखि १.६० सम्म जिपिए ल्याएका छन् भने ३ हजार ५ सय २४ जना ०. ८१ देखि १.२० सम्म जिपिए ल्याउ परेको छ ।  त्यस्तै १३ हजार ३ सय ६२ जनाले ०.०० देखि ०.८० सम्म जिपिए ल्याएका छन् । बोर्डले नतिजा ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।

आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएको बोर्डले जनाएको छ ।

 

नतिजा हेर्न तल क्लिक गर्नु होला ।

https://neb.edusanjal.com/