
अफगानिस्तान सरकारी सुरक्षा बलको कारवाहिमा १२ तालिवान लडाकु मारिनुका साथै १८ जना पक्रेका छन् ।
पूर्वी प्रान्तमा तालिबान लडाकू विरुद्ध गरिएको कारबाहीमा १२ लडाकु मारिका छन् भने १८ जना पक्राउ परेका हुन् ।
खोगीआनी जिल्लाका विभिन्न गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलाई लक्षित गरि २४ घण्टे हवाई तथा स्थल कारबाही गरिएको प्रान्तिय सरकारका प्रव्क्ता आरेफ नुरीले जानकारी दिएका हुन् ।
कारबाहीमा पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले बताएका छन् ।