
पूाणर्पुष्टि, जेष्ठ, १५
त्रियुगा नगरपालि वडा नं १३ ले विकास कार्य र कृषिलाइ पुन प्राथामिकता दिएको छ । लामो समयको लकडाउनले गर्दा यहि आर्थिक बर्षमा तयार परिएका केहि कामहरु बाँकी रहेको अवस्था थियो ।
सरकारले उच्च सतर्कताका साथ विकास निर्माण कृषि लगाएतलाई प्राथामिकता दिन सहज गरेपछि विकास निर्माण कार्यहरुले प्राथामिकता पाउन थालेको हो । जिल्ला प्रशासन कार्यलय उदयपुर, सुरक्षाकर्मी, जिल्ला समन्वय समिति र स्थानीय सरकार लगाएत सम्बन्धित निकायहरुले लकडाउनको उच्च पालना र कोरोना भाइरसको सतर्कतालाई ध्यान राख्दै विकास, कृषि जस्ता कार्यलाई सहज वनाउने निणर्य गरेको थियो ।
सोहि अनुरुप त्रियुगा नगरपालिका वडा नं १३ मा पनि लकडाउनको कारण समयमै गर्न नपाएका विबिभिन्न विकास निर्माण तथा कृषि कार्यलाई कोरोना भाइरसको उच्च सर्तता अपनाएर सुरु गरिएको वडा नं १३ की वडा अध्यक्ष पशुपति चोधरील बताउनुभयो । चौधरीका अनुसार यसै बर्ष वाडाले तयार पारेका विकास निर्माण, कृषि, शिक्षा, महिला, र बालबालिकाकको केहि कार्यक्रमहरु भने बाँकी रहेको थियो ।
यस्तो अवस्थामा सबै कार्यहरुलाई तिव्रता दिन नसकेपनि विकास कार्य र कृषिलाई लाई भने प्राथामिकताका साथ काम थालनी गरेको अध्यक्ष चौधरीले बताउनुभयो । वडाले असारी जाने बाटोमा नाली, ज्योति टोल ढिकमा वडा कार्यलय भवन, पर्ताहामा सामुदायिक भवन, र बहेडुवा स्कुल जाने बाटो र पर्ताहमा कलबडको काम पूणर्ता दिएको छि । साथै यता कृषि तर्फ वडाले चक्लाबन्दी धान खेतिको लागि पनि तिव्र तयारी गरिरहेको छ ।
विकास निर्माण र कृषि बाहेको अन्य शिक्षा, बालबालिका र महिलाको कार्यक्रमहरुलाई पनि समय अनुकुल मिलाएर तत्काल थाल्ने वडाले जनाएको छ । लकडाउन र कोरोना भाइरसको अवस्थालाई हेरेर सहज भएमा २० गते पछि बाट सबै कार्यक्रमहरुलाई पूणर्ता दिने वडाले बताएको छ ।
तस्विर

