Friday, February 14News That Matters

१३ लाख नगद चोरी गर्ने पक्राउ

 

मोरङ, श्रावण(१३ गते ।

नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए । फरार रहेका कामतलाई हिजो बिराटनगर १ स्थितबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान क्ब्ःक्ग्ल्न् मोबाईल समेतबरामद गरिएको  साथै उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।