
१३ वर्षपछि चलचित्र निकम्मामा बलिउडका सुन्दरी नायीका शिल्पा सेट्टीले काम गर्ने भएकी छिन् । सब्बिर खानको निदेशनमा बन्दै गरेको निकम्मा चलचित्रमा नायिका शिल्पाले काम गर्ने पक्का भएको हो ।
निकम्मा चलचित्र एक्सन र प्रेम कथा समेटिएको भनिएको छ । यस चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् भने केही दिन अगाडि मात्र यस चलचित्र र मुख्य कलाकारको घोषणा गरिएको थियो ।
यो चलचित्रमा अहिलेसम्म नगरेको भूमिका पाएकाले काम गर्न लागेको नायिका शिल्पाले बताईन् । नायिका शिल्पाले यस्तो खालको भूमिकाका लागि चुनौती मोल्न आफू तयार रहेको बताउँदै काम गर्न लागेको खुलाएकी छिन् ।
संचारमाध्यमसँग शिल्पाले म मेरा दर्शकका लागि नयाँ खालको भूमिका दिन आतुर छु । यो मेरा लागि आफैमा चुनौतीपूर्ण नै छ ।