
उदयपुर, असार २६ गते ।
उदयपुरमा संचालन भएको १५ दिने फेसन डिजाईन तालिम सम्पन्न भएको छ । सिलाई कटिङ्लाई स्तरउन्नती गर्ने उद्देश्यले संचालन गरेको तालिम विहिबार सम्पन्न भएको हो ।
“सिलाई व्यावसायी एकता, हाम्रो प्रतिबद्धता, उत्पादनमो नयाँ सिर्जनशिलता, आजको आवश्यता” भन्ने मुल नाराको साथ नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको सहयोगमा तलिम संचालन भएको थियो ।
तालिममा व्यासिक र डिप्लोमा तहको सिलाई कटिङ् सिकेका ३५ जनाले डिजाईनको तालिम पाएको थियो । तालिमको प्रशिक्षक दोलाखाका शान्ति श्रेष्ठ र जितबहादुर श्रेष्ठले गरको थियो ।
सधै र धेरै पटक सिलाई कटिङ्को मात्रै तालिम संचालन भएकाले यसको स्तर उन्नती गर्ने उद्देश्यले डिजाईनको तालिम आयोजना गरेको नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रदानले बताईन् ।
यस व्यावसायलाई स्थापित गरी महिलाको आर्थीक स्तर उकास्न सके महिला हिंसा कम हुने जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले बताए । प्रविधिक र विज्ञानको युगमा प्रविधिसँग चल्न र सहि रुपले प्रयोग गर्नु पर्ने उनले बताए ।
व्यासिक र डिप्लोमा तहको सिप लिई सकेकाले तालिमा लिएको सिप र ज्ञानको सदुपयोग गर्दै उत्पादनमा जोड दिनु पर्ने प्रमुख परियारले बताए ।
तालिम लिएर काम नगर्ने बानीलाई सुधार गरि स्वदेशी उत्पादनमा जोड दिनु पर्ने घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको प्रमुख सम्भुप्रसाद शाहले बताए । फेसन डिजाईनको नाममा विकृति फैलाउने काम नर्गन आग्रह गरेको थियो । नेपाली समाजले पचाउन सक्ने खालको डिजाईन गर्नु पर्ने प्रमुख शाहले बताए ।
स्वदेशमा उत्पादन भएका सामानको बजारीकरण गर्नु पर्ने र कम्पनी खोल्न कसैले आँट गरे सहयोग गर्न तयार रहेको प्रमुख शाहले बताए । यहि उत्पादन भएका सामाग्री पनि विदेशी भन्दा कम नहुने उनले बताए ।
गार्मेन्ट खोल्ने हो भने तालिम लिएर पनी लगानी गर्न नसक्दा खाली हात बस्नु पर्ने बाध्यता हट्ने घरेलु साथा उद्योग महासंघ उदयपुुरको अध्यक्ष मधुकर थापाले बताए । तालिमको उपलब्धि भनेको उत्पादन र रोजगार भएकाले व्यावहारमा उतार्नु पर्ने उनले बताए ।
फेसन डिजाईन भनेको अहिलेको समाजले आवश्यता परेको कुरा भएकाले समय अलिक छोटो भएको सहभागीहरुले जनाएको छ । छोटो समयमै पनि धेरै राम्रो कुराहरु सिकेकाले तालिममा सिकेको कुरा व्यावहारमा उतार्ने सहभागिहरुले जनाएको छ ।
आफुमा भएको ज्ञान बाढ्न पाएकोमा एकदम खुसी भएको प्रशिक्षकहरुले बताएका छन् । तालिम उत्पासहजनक भएकाले व्यावसायीक रुपमा उत्पादन गर्ने आशा लिएको प्रशिक्षक शान्ति श्रेष्ठले बताईन् । तालिममा सिकेका ज्ञान र सिपको सदुपयोग गर्दै राम्रो उत्पादन गर्ने अपेक्ष राखेकी उनले बताईन् ।