Sunday, June 28News That Matters

१५ वर्षीया किशोरीमाथि काठको मुढा लडेर मृत्यु

पूर्णपुष्टि,चैत ८  

म्यादीमा १५ वर्षीया किशोरीमाथि  काठको मुढा लडेर मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–४ दर्मिजाकी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको हो ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।