
पूर्णपुष्टि, जेष्ठ १६
त्रियुगा नगरपालिका भित्रका वडाहरु मध्यकै निकै ठुलो संक्रमित फेला परेको वडा नं १६ मा आज फेरी थप १३ जनामा कोरोना पुष्टि भएको छ । वडाअध्यक्ष मान वाहादुर राईले वडामा पुरुष ७ र महिला ६ गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको जनाउनुभयो । अध्यक्ष राईका अनुसार एन्टिजेन बिधिबाट ५५ जनाको परिक्षणमा १३ जनालाई संक्रमण देखिएको हो ।
जनताहरुको स्वास्थ्य सुरक्षाको सेवामा लाग्दा लाग्दै अध्यक्ष राई आफै पनि कोरोना बाट ग्रसित हुनुहुन्छ । यस्तो अवस्थामा पनि जनताहरुलाई सुरक्षित राख्ने समयलाई महसुस गर्दै वडावासीहरुलाई परिक्षणको मात्र बढाएर कोरोना चेक गराईरहेको अध्यक्ष राईले बताउनुभयो । राईले आज बेल्दोभान र जाँतेमा परिक्षण गराइएमा जाँतेमा १० जना र बेल्दोभानमा ३ जना संक्रमित फेला परेको बताउनुभायो । अध्यक्ष राई अहिले आफै पनि होम आईसोलेसनमा बसिरहनु भएको छ ।
