Monday, June 22News That Matters

१६ नं वडामा बिउबिजन तथा कृषि सामाग्री वितरण

पूर्णपुष्टि, बैशाख १७

१३ नं वडाले वडामा रहेका व्यवसायीक कृषकहरुलाई थप टेवा पुराउने भन्दै बिउबिजन तथा कृषि सामाग्रीहरु सुक्रबार वितरण गरेको छ ।

वडामा रहेका कृषकहरुलाई आत्मानिर्भर तर्फ उन्मुख गर्ने र वडाले प्रदान गरेको सेवा सुविधालाई उदहरणीय कृषकको रुपमा स्थापित गर्न कृषि सामाग्री तथा बिउबिजनको वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो ।

खेति प्रबद्र्धन लागि तरकारीको बीउ, प्लास्टिक टनेल, मल्चिङ र पाइप वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । कृषकहरुले सामान पाएपछि थप कृषि पेशामा आबद्ध हुन जाँगर चलेको बताएको छ ।

उनिहरुले करेसाबारीमा सिमत तरकारी खेतीलाई व्यवसायीक खेती गरी आत्मनिर्भर तर्फ उन्मुख हुने बताएको छ ।