Tuesday, June 9News That Matters

१ न. प्रदेशका मुख्यमन्त्री राई सहित ८ जना निलम्वीत

पूर्णपुष्टि, पौष २८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बहुमद पक्षले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सहित ८ जनालाई निलम्वीतको घोषणा गरेको छ । मुख्यमन्त्री राई सँगै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यत्रय इन्द्रमणी पराजुली र उदयपुरका प्रदेश सांसद बिमल कार्की र अम्बिका थापा गरी ८ जनालाई निलम्वीतको घोषणा गरेको हो । ८ मध्ये बिमल कार्की र अम्बिका थापा भने उदयपुरको सांसदहरु रहेकाछन् ।

उनिहरुलाई प्रदेशको कुनै पनि कार्यक्रममहरुमा ३ महिनाका लागि उपस्थित नहुनेगरी निलम्बनको घोषणा गरेको पत्रको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभाका सचिब गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसअघि दलका नेता एवं मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभा र संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरेको समूहले दलको नेतामा भीम आचार्यलाई चुनेको थियो ।

हुमत सांसहरुको समर्थनमा संसदीय दलको नेता चुनिएका भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभएको तथा पार्टीको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम निलम्बन गरेको पत्रमा उल्लेख छ । निलम्बन गरेको पत्र ८ जनालाई नै पठाएको संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिनुभयो ।