
पूर्णपुष्टि, बैशाख २८ गते ।
विराटनगरको कोशी अस्पतालमा उपचार गराईराखेका मध्ये आज थप दुई जना निको भएर डिस्चार्ज भएपछि १ नं प्रदेशमा उपचारपछि निको हुनेको संख्या १६ पुगेको छ ।
(कोभिड(१९) उपचार केन्द्रमा विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका एक/एक जनालाई आज अस्पतालबाट डिस्चार्ज गरिएको १ नं प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त अस्तालमा उपचार गराइरहेका ३५ जनामध्ये १६ जना उपचारपछि निको भई सकेको छ भने अहिले १९ जनाको उपचार भइरहेको जनाईएको छ ।
