Friday, February 7News That Matters

१ न. प्रदेशमा फलफुल तथा तरकारीको विषादी परीक्षण

मोरङ, असार २३ गते । 

प्रदेश सरकारले विषादीयुक्त फलफुल तथा तरकारीको विषादी अवशेष परिक्षण गर्ने भएको छ । विषादी परिक्षणका लागि १ नम्बर प्रदेश सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

संघिय सरकारले गरेको बाहिरी देशबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण गर्ने निर्याण तत्कालका लागि कार्यान्वयन नगर्ने सूचना सार्वजनिक गरेपनि प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएको छ  ।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश न. १ को अगुवाइमा काठमाण्डौबाट प्राविधिक सहितको टोली ल्याएर  विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ ।

प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले बताए ।

काठमाण्डौबाट आएका विशेषज्ञ प्राविधिकले प्रदेशका कर्मचारीलाई विषादी मापनको बारेमा जानकारी तथा प्रशिक्षण दिएर प्रयोगशाला सुरु भएको छ ।