Friday, May 22News That Matters

१ न. प्रदेश युवा सम्मेलन भर्चुअल ग्रूपमा हुने

मिलन परियार
लिम्चुङ्बुङ, भाद्र ५

कोरोना संक्रमणले गर्दा यस वर्षको १ न. प्रदेश युवा सम्मेलन भर्चुअल ग्रूपमा हुने भएको छ । नेपाल युवा परिषदले आयोजना गर्न लागेको १ न. प्रदेशको प्रदेश युबा सम्मेलन २०२० भर्चुअल रुपमामा गर्न लागेको हो ।

आगामी भदौ १९ र २० गते सम्मेलन भर्चुअल ग्रूपमा हुने भएको छ । प्रदेशका सवै जिल्लाका युवाहरुलाई भर्चुअल रुपमा गर्न लागेको जनाईएको छ ।

जुम एप को माध्यम बाट गर्न लागिएको सम्मेलनका लागी श्रावण ३२ गते देखी भाद्र ९ गतेसम्म अन्लाईन दर्ता फारम खुल्ला गरेको छ ।

उक्त फाराम १ न. प्रदेशका १४ जिल्लाका १८ देखी २९ बर्षसम्मका युबाहरुले मात्र भर्न पाईने जनाएको छ । प्रदेश सम्मेलनमा स्थानीय स्तरमा अध्ययन, सामाजिक क्षेत्रमा काम, ब्याबसाय, दिगो बिकास लक्ष्य, जलबायु परिवर्तनका बारेमा चासो राख्ने युवालाई बिशेश प्राथमिकता दिईने भएको छ ।

सम्मेलनमा सुसासन, निर्वाचनमा युवाको भुमिका, जलबायु परिवर्तन, कृषि उधमसिलतामा युवा जस्ता मुख्य बिषय बस्तुहरु रहेका छ्न । यस अघि नेपाल युवा परिषदले ७७ वटै जिल्लाका ३ सय ५० जना युवाहरुलाई सहभागी गराई रास्टिय युवा सम्मेलन सम्पन्न गरेको छ ।

रास्टिय युवा सम्मेलन सम्पन्न भए लगत्तै ७ वटै प्रदेशमा युवा सम्मेलन गर्न लागेको जिल्ला साखा उदयपुरका संयोजक बिरेन्द्र खड्काले बताए ।