
भदौ ६ गते ।
विरगञ्जबाट नक्कली भारु रुपँैया सहति दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–२ बैरिया विर्ता निबासी ३४ बर्षीय दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका–२ छपकैया निबासी ४८ बर्षीय जमिल अख्तर विहिबार पक्राउ परेका हुन् ।
पक्राउ परेको दुई जनाको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद गरेकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेको दुवै जनालाई ईदगाहा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
