Monday, May 11News That Matters

१ हजार ट्याक्सी कारबाहीमा

पूर्णपुष्टि, असार ८

गत जेठ ३२ गतेदेखि सरकारले लकडाउन खुकुलो पारे पनि सार्वजनिक गाडी सहित भाडाका ट्याक्सी चलाउन र मोटरसाइकलमा दुई जना चढ्न अनुमति दिएको छैन ।

असार १ गतेपछि हिजोसम्म करिब १ हजार भाडाका ट्याक्सी कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

भाडाका गाडी चलाउन नदिने सरकारको निर्णय कायमै रहेकाले चलाएको भेटिए जहाँ भेटिन्छ, त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आपतकालीन अवस्था बाहेक अरुलाई कारबाही भैरहेको प्रहरीले जनाएको छ ।

हिजो मात्रै ३ सय ९२ वटा ट्याक्सीलाई होल्ड गरी छाडेको प्रहरीले जनाएको छ । चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी हिजो एकैदिन नियम उल्लंघन गर्ने १८ सय ६२ वटा गाडी कारबाहीमा परेको जनाईएको छ । त्यसमा करिब १३ सय मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

यो सहित जोर–बिजोर नियम लागू भएपछि १६ हजार ४ सय भन्दा बढी गाडी कारबाहीमा परेका छन् । सरकारले बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका गाडी चलाउन पाइने नियम लागू गरेको छ । आज काठमाण्डौ उपत्यका सहित देशैभर जोर नम्बरका निजी गाडी चलिरहेका छन् ।