Thursday, June 11News That Matters

२०७८ सालमा ३ वटा दशैँ

पूर्णपुष्टि, फागुन १७ 

आगामी २०७८ सालमा तीन वटा दशैँ परेको छ । यस वर्ष अर्थात २०७७ सालको चैत्रशुक्ल अष्टमी अर्थात चैते दशैँ पनि बैशाख ७ गते मङ्गलवार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोमा उल्लेख छ ।

यसैगरी २०७८ सालको चैत २६ गते शनिवार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ  । वडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ ।

कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १८ गते लक्ष्मीपूजा र भाइटीका कात्तिक २० गते शनिवार परेको छ ।