Friday, July 31News That Matters

२० बर्षदेखि वेपत्ता राजन राई घर फर्केपछि घाउँनै खुसी

अनिल वाग्ले, 

पूर्णपुष्टि, जेष्ठ १, झापा

बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा मारिसकेको थियो । अझ भनौ उनी बाँचेका छन् भन्ने कुरामा कसैलाई पनि विश्वास थिएन ।

राजन सामाजिक सञ्जालको माध्यमहुँदै परिवारको सम्पर्कमा आए र आज उनि २० पछि घर नै आइपुगेका छन् । राजन घर आउँदा उनको परिवारमा मात्रै होइन यतिवेला सिँगो गाउँमा नै खुसी छाएको छ ।

मुम्बईको एक अस्पतालमा वेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अलि नैसेनले भिडियो अपलोड गरे । त्यो भिडियो भाइरल बन्यो अन्तत परिवारले थाहा पाए । त्यो बेला परिवारमा खुसीको सिमा नै रहेन । उनलाई मुम्बईबाट घरल्याउन विभिन्न व्यक्ति तथा संस्थाले सहयोग ग¥यो । सबैको सहयोगले आज उनी २० बर्ष अघि छाडेर गएको घर आइपुगेका छन् ।

तर उनी तन्दुरुस्त भने छैनन्  । उनलाई प्यारालाइसिस भएको परिवारले बताएको छ । उनलाई थप उपचारको आवश्यकता छ । परिवारमा आर्थिक अवस्था निकै कम्जोर छ ।

राजन राई (राजु) उद्दार तथा उपचार समूहका संयोजक प्रकाश भण्डारीले भने ‘राजनलाई पहिलो पटक भेटाएर सामाजिक संजालमा खोजीका लागी भिडियो अपलोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आउनुभएका देवी गिरि, बिबेक भण्डारी, अमेरिकामा रहेका दुर्गा मगर लगायत सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु धन्यवादका पात्र हुनुहुन्छ ।’

बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत रहेका भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्दार तथा उपचार समूह गठन भएको छ । सो समूहले राजनको थप उपचारको प्रवन्ध मिलाउने बताइएको छ । उनको उपचार गर्नलाई लागि सो समूह हालै गठन भएको हो, भने समूहले उपचारका लागि आर्थिक सहयोगको अपील पनि गरेको छ ।