
उदयपुर, जेष्ठ १६ गते ।
सय रुपैयाबाट सुरुवात भएको बृद्धभत्ता २४ वर्षमा ३ हजार पुगेको छ । आर्थिक वर्ष २०५१/०५२ मा तत्कालिन अर्थ मन्त्रि स्व.भरतमोहन अधिकारीले बजेटमा बृद्धभत्ताको व्यावस्था गरेको थियो ।
तत्कालिन प्रधान मन्त्रि स्व. मनमोहन अधिकारीको पालामा नेपालमै पहिलो पटक बजेटमा बृद्धभत्ता समेटिएपछि बृद्धभत्ता कार्यक्रम लोकप्रिय बन्दै गएका थिए ।
त्यसबेला ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैया सामाजिक सुरक्षा भत्ता दिने व्यवस्थ्था गरेका थियो । तर अहिले ७० वर्ष माथिका जेष्ठनागरिकलाई ३ हजार रुपैयाँ दिने घोषणा भएको हो ।
२०५२ सालदेखि २०६० साल सम्म करिब ८ वर्ष बृद्धभत्ता बढेन । २०६० सालमा अर्थ मन्त्री भएका अधिकारीले वृद्धभत्ता बढाएर एक सय ७५ पुर्याएिका थियो ।
तत्कालिन अर्थ मन्त्रि डा. बाबुराम भट्टराईले २०६५ सालमा बृद्ध भत्ता बढाएर ५ सय पु¥याएको थियो । त्यसपछि २०७१ सालमा अर्थ मन्त्री रामशरण महतले वृद्ध भत्ता बढाएर एक हजार रुपैयाँ पुर्याएका थिए भने तत्कालिन अर्थ मन्त्री विष्णु पौडेलले २०७२ सालमा एक हजार रुपैयाँ वृद्धभत्ता बढाएर दुई हजार पुर्याएका थियो ।
काम चलाउ सरकारले ५ हजार पु¥याउने घोषणा गरेपनि सफल हुन सकेन । अहिलेका अर्थ मन्त्रि डा. युवराज खतिवडाले बृद्धभत्ता बढाएर तीन हजार पुर्याएको हो ।
दलित, कर्णाली, अपांगता, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति समेत लाभान्वीत हुने छ । उक्त बृद्धि भएका भत्ताले १३ लाख १० हजार जेष्ठ नागरिकले प्रत्यक्ष लाभ लिने छन् । राज्यको संरक्षण आवश्यक व्यक्तिहरुको जिवनयापनमा सहजता आउने अपेक्षा लिएको छ ।