आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

२७ औँ अन्तराष्ट्रिय दिवस मनाए धुमधाम

उदयपुर, मंसिर १७ गते ।

“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चितता” भन्ने मुल नाराको साथ उदयपुरमा पनि एक कार्यक्रम गरि २७ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाएको छ ।

अपाङ्ग विकास संघ उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका, नेपाल रेडक्रस सोईटि र ओरक नेपालको सहयोगमा विभिन्न कार्यक्रम गरि सोमबार दिवस मनाएको हो ।

दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम तथा आँखा र कानको एक दिने शिविर समेत संचालन गरेको अपाङ्ग विकास संघ उदयपुरले जनाएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानले शिविरमा भेटिएको जटिल विरामीहरुको निःशुल्लक अप्रेश गरिदिने राईले बताए । आँखा उपचार केन्द्र उदयपुरमा शिविर संचालन गरेको थियो ।

कतिपय अपाङ्गहरु आर्थिक अभावको कारणले निको हुने रोग समेत बोकेर बस्नु पर्ने बाध्यतालाई मधय नजर राख्दै दिवसको अवसरमा अपाङ्गहरुलाई सहज र सरल तरिकाले सेवा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरेको संघले जनाएको छ ।
शिविरमा एक सय ९० जना विरामीहरुले आँखा र कानको परिक्षण गराएको थियो । एक सय ६० जना आँखाको विरामी मध्ये ३० जनाको मेजर अप्रेशन गर्नु पर्ने र ४ जनाको माईनर अप्रेशन गर्नु पर्ने देखिएको आँखा उपचार केन्द्र उदयपुरको प्रमुख डाक्टर डिआर तिम्लसिनाले बताए । अप्रेशन गर्न आँखा अस्पताल लाहान तयारी भईरहेको र कानको भने सवै सामान्य विरामी भेटिएको तिम्लसिनाले बताए ।

२०६८ सालको जनगणनाले ७ हजार ७ सय ८१ जना अपाङ्ग रहेको देखाएको छ भने संघको विवरणमा भने ६ हजार १ सय ५९ जना मात्रै देखिएको संघको तथ्याङ्क उल्लेख भएको अपाङ्ग विकास संघ उदयपुरको अध्यक्ष चन्द्र कुमार राईले बताए ।
विभिन्न रुपमा अपाङ्गता भएको कुल जनसंख्याको ६७ प्रतिशत साक्षर रहेको र बढि कृषी पेसामै आधारीत रहेको संघ तथ्याकले देखाएको छ । एक हजार एक सय ६७ जनाले विभिन्न सेवा सुविधा लिएको छ भने ४ हजार ८ सय ८४ जनाले कुनै प्रकारको सेवा नलिएको राईले बताए ।

संघले विभिन्न निकाय सँग समन्वयन गरि अपाङ्ग सम्बिन्धि कार्यक्रमहरु संचालन गर्दै आएको थियो । तर राज्य संघिय प्रणालिमा गएयता स्थानिय सरकारले अपाङगलाई हेला गरेको गुनासो राईले गरेको छ । स्थानिय तहका कतिपय वडाहरुले अपाङग लक्षीत बजेट र कार्यक्रमहरु कटौती गर्ने, सवल र सहभागिता नगराउने, बजेट तथा श्रोत परिचालन नगर्ने गरेको राईले आरोप लगाएको छ ।

अपाङ्गता भएको अधिकार सम्बन्धि एन २०७४ बने पनि स्थानिय तहमा कार्यन्वयनको पक्ष भने अझै ओझेलमै परेको राईले बताए ।

अपाङगतालाई लक्षित गरि संघले विभिन्न कार्यक्रम मध्य जिविको पार्जन सम्बन्धि कृषीको लागि विउ विजन, साहायक सामाग्री वितरण तथा फिजियोथेरापीको समेत सेवा उपलब्ध गराउदै आएको राईले बताए ।
स्थानिय सरकारले अपाङ्गता विशेष ध्यानमा राखि संघ सँग समन्वयन गरि बजेट विनियोजन र कार्यक्रमहरु संचालन गरिदिनु पर्ने आशा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0