
उदयपुर/साउन, २
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ नेपालटारका बाढी पिडित २७ घर परिवारलाई बिहिबार राहत सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यलयको अगुवाईमा नेपाल रेडक्रस सोसाईटी, ओरेक नेपाल गैसस महासंघ र जाल्पा एकिकृत विकास समाजको संयुक्त आयोजनामा राहत सहयोग वितरण गरिएको हो ।
जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सिडियो धुर्व बहादुर खड्का, एसपि बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी विजय कुमार खड्का लगाएत उदयपुरगढी गाउँपालिका अध्यक्ष र संघसस्थाहरुको टोलीले सहयोग राहत वितरण गरे ।
लगतार बर्षाको कारण डुवान तथा पहिरोमा परेका घरपरिवारलाई तत्कालका लागि व्यवस्थापन गर्न अति आवश्यक सामाग्रीहरु वितरण गरिएको छ ।
प्रत्यक परिवारको सदस्यहरुलाई नेपाल रेडक्रस सोसाईटीले त्रिपाल १ थान, कमल २ थान, खारी पिस १ थान, भाडा सेट १ थान, धोती १ थान,वाल्टिन १ थान, तेरी कटन कपडा ४ मिटर, सादा कपडा २ मिटर, सुटिङ कपडा २.५ मिटर र पिन्ट कपडा गरी जम्मा १० आईटमको सामाग्री सहयोग गरेको छ ।
त्यसैगरी जाल्पाले खाद्य बस्तु सामाग्रीहरु सहयोग गरेको छ । जिरा मसिना चामल १४ केजी, दाल रातो २ केजी, धारा तेल १ लिटर, चिनी आधा केजी, नुन १ केजी गरी ५ आईटमका खाद्य वस्तु सहयोग गरेको छ । भने ओरेक नेपालले लक्ता कपडा तथा घरायसी सामाग्रीहरु म्याक्सी १ थान, पेटीकोट १ थान, पेन्टी १ थान, प्याड १ थान, स्याम्फु २ प्याकेट, ब्रस १ थान, हात धुने सावुन १ थान गरी ८ ओटा आईटम सहयोग गरेका थिए ।
लगतारको बर्षाले पहाडै खसेर खोला थुनेपछि माथिल्लो भेगका वस्तिहरु पुरै डुवेर विस्थापीत भएका थिए । खोला थुनिएपछि पानी फर्केर माथिल्लो भेगका करिब २७ परिवार डुवानमा परेका थिए । पानीले घरमा भएका लत्ता कपडा, खाद्यन्न र घरनै डुवाएर स्थानीयहरुलाई विस्थापित गरेको छ । अहिले स्थानीयको घर खोलाको बगर बिचमा तहस नहस अवस्थामा छ ।
यता पहिरोमा ४ घरपरिवार पूर्ण रुपले विस्थापित भएको छ । मदन सार्कि, मैते सार्कि, अन्जु रोक्का र नरबहादुर रोक्काको घर पहिरो सँगै खोला थुन्न पुगेपछि उनिहरु विचल्ली भएको छ ।
घाउँ नै पहिरोमा परी खोला थुन्न पुगेपछि पहिरो सँगै आफ्नो घर खोलामा पुगेको पिडित अन्जु रोक्काले बताईन् । दिउँसो परेर मात्रै आफुहरु बाँच्न सफल भएको राति हो भने सवै परिवारको ज्यान च्यान हुने उनिले बताईन् । उज्यालोमा गएको पहिरोका कारणले आफुहरुले थाहा पाउने वित्तिकै भागेर ज्यान बचाउन सफल भएको उनिले बताईन् ।
एति ठुलो पहिरो गएपनि जनमा भने कुनै क्षति नभएको कुरामा स्थानीयहरु छक्क पनि परेका छन् भने खुसि पनि छन् । पहिरो ठुलो डाँडाँको पहाड खसेर पूर्ण रुपले गाउँ वस्ति सँगै खोला थुन्न पुगेपनि मानविय क्षेती भने भएन । पिडितहरुले भने ।
पहिरोले ४ ओटा घर सहित खेती पाती तथा सबै सामाग्रीहरु खोलामा मिसाईदिएका छन् भने केही घरहरु पहिरोमै पुरिएको अवस्थामा छ ।
अहिले समबन्धित सम्पूर्ण निकायहरु प्रशासन, नेपाल पुलिस, सशस्त्र प्रहरी बल गाउँपालिका र संघ संस्थाहरुले पिडित परिवारहरुलाई व्यवस्थापन तथा उद्धारको निम्ति राहत वितरण गरेको हो ।