Tuesday, June 9News That Matters

२७ वर्षपछि जन्मकैदका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, जेष्ठ ३

हत्या आरोपमा सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको एक फरार प्रतिवादीलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सप्तरी अन्निसाइर कृष्ण सवरण गाउँपालिका–४ का कारी सदालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका जोगेन्द्र मण्डलको हत्या आरोपमा उनलाई अदालतले जन्मकैद सजाय सुनाएको थियो । २०५१ साल फागुन २० गते भएको सो घटनायता सदा फरार भएका थिए ।

फरार अभियुक्त खोजीको क्रममा सप्तरी प्रहरीले उनलाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरेका थिए । पक्राउ परेका सदा पुर्पक्षका लागि कारागार चलान भएका प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सदालाई २०५७ साल जेठ १६ गते जन्मैकद सजाय ठहर गरेको थियो ।