Friday, February 14News That Matters

२९ औँ सहित दिवसको अवसरमा रक्तदान

 

गाईघाट /साउन, १५

२९ औँ स्मृति सहित दिवसको अवसरमा बुधबार  गाईघाटमा रक्तदान कार्यक्रम भएको छ । नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिसेवक बहुउद्देश्ीय सहकारीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

हरेक सहित दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको यस संगठनले मानिसको जिवनको महत्व दिदै क्तदान गरिएको नेपाल निजामति कर्मचारी संगठनका सचिव गणेश प्रसाद आचार्यले बताए । रक्तदान जिवन दान भन्दै बिषेश गरी स्मृतिको अवसरमा रक्तदान कार्यक्रमलाई अघि सारिएको आचार्यले बताए

बिहान बिधिगत रुपमा औपचारिक कार्यक्रम गरी दिउँसो रक्तदान कार्यक्रम गरिएको हो । हरेक साउन १५ गते नेपाल निजामति संगठनले यस स्मृति दिवसलाई मनाउँदै आइहेका छन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुले रक्तदान गरेको छ भने किरब ९० जनाले रक्तदान गरेको आचार्यले बताएको छ ।