
बिक्रम राई
गाईघाट/२७
किरातीहरुको महान पर्व साकेला उभौली गाईघाटमा ३० र ३१ गते धुमधामका साथ मनाईने भएको छ ।
किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति त्रिनपा ११, १२ र १३ को आयोजनामा यो बर्ष पनि भव्य रुपमा साकेला उभौलीली कार्यक्रम हुने भएको हो । किरातीहरुको महान चाँडको रुपमा मनाईने साकेला (उभौली) किरातीहरुको मौलीक भाषा, सांस्कृतिक, र परम्परालाई बचाईराख्ने उदेश्यले बिगतका बर्षहरु झै यो बर्ष पनि व्यापक रुपमा मनाउन लागि परेको आयोजकले बताए ।
यसै साकेला (उभौलीका) लागि त्रियुगा नगरपालिका ११ साकेलाटोलको साकेला भवन स्थित कार्यक्रमको लागि अन्तिम तयारी भईरहेको पनि आयोजकले बताएको छ ।
समितिको अध्यक्ष प्रकाश राईका अनुसार २ दिन हुने साकेला (उभौली ) ३० गते साकेला थानमा बिधिगत रुपमा पुजा आजा सहित साकेला नाचगान र ३१ गते साकेला शिल्ली प्रतियोगिता हुने छ ।
प्रतियोगितामा त्रियुगा नगरपालिका भित्रका सम्पूर्ण प्रा.का.श. र उदयपुर जिल्ला भरिका नगर पालिका तथा गाउँपालिकाहरुका किराती समुदायहरुले सहभागी जनाउने भएको छ । साथै जिल्ला बाहिर मोरङ, र शुनसरी लगाएतका ठाउँबाट पनि प्रतियोगितामा सहभागी रहने अध्यक्ष राईले बताए ।
प्रतियोगितामा प्रथमलाई ३० हजार नगद शिल्ड र प्रमाण पत्र, दोस्रोलाई २० हजार र प्रमाण पत्र, तेस्रोलाई १० हजार र प्रमाण पत्र र २ ओटा सान्वनालाई ७/७ हजार र प्रमाण पत्र प्रदान गरिने राईले बताए ।
यसै गरी पुरस्कारको प्रायोजनमा नरध्वज राई प्रथम पुरस्कार स्व. गिता स्मृती रनिङ्ग शिल्ड, प्रेम चामलीङ राई दोस्रो पुरस्कार स्व. प्रेमिला स्मृती रनिङ्ग शिल्ड, डा. कैलाश कुमार राई तेस्रो पुरस्कार स्व. कुविरा स्मृती रनिङ्ग शिल्ड, मिथिला राई र अरुण खालिङ हिरामोती राई स्व.लालसेर स्मृती र स्व अरुण स्मृती सान्त्वना पुरस्कार रहेको छ ।
कार्यक्रम नेकपाका केद्रिय सांसद सुरेस कुमार राई (हिमाल) को प्रमुख आथित्यमा उद्घाटन हुने भएको छ ।