
पूर्णपुष्टि,चैत १०
मुगुमा ३१ वर्षीया युवाको काठको पुल बनाउने क्रममा खसेर मृत्यु भएको छ । मुगुको मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाटमा काठको पुलबाट खसेर छिरिङ तन्दुप लामाको हिजो दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर टाढा शव फेला पारेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
