Monday, February 17News That Matters

३२ गतेबाट छैटौँ उदयपुर गोल्ड कप

उदयपुर, जेष्ठ २८ गते ।

उदयपुरको थारुहट रङ्गशालामा छैटौँ उदयपुर गोल्डकप–२०७६ ३२ गतेबाट सुरु हुने भएको छ ।

सदरमुकाम गाईघाट स्थित रङ्गशालामा गोल्डकप शनिबारदेखि असार ७ गते सम्म संचालन  हुने भएको हो ।

उदयपुर गोल्डकप मुल आयोजक समितिको आयोजना, त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रयोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यावस्थापनमा छैटाँै उदयपुर गोल्ड कप २०७६ संचलान हुने मंगलबार एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

गोल्डक कपमा सशस्त्र प्रहरी बल काठमाण्डौँ, न्यू स्टार क्लव सुनसरी, मोरङ्ग ट्रेनिङ् सेन्टर मोरङ्ग, नेपाल पुलिस क्लव काठमाण्डौँ, झापा फुटबल क्लव झापा, गोर्खा व्वाईज क्लव रुपन्देही, संङ्कटा क्लव काठमाण्डौँ र आयोजक टिम सहित ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा सशस्त्र प्रहरी बल काठमाण्डौँ र न्यू स्टार क्लव सुनसरी विच खेल हुने आयोजकले जनाएको छ । कपको विजेतालाई ५ लाख नगद सहित गोल्डकप, प्रमाण पत्र र उपविजेतालाई ३ लाख नगद सहित प्रमाण पत्र र विधागत उत्कृष्ठ खेलाडीहरुलाई २ लाख ७० हजार बजेट छुट्याएको आयोजकले जनाएको छ । यस गोल्डकपको अनुमानित लागत र खर्च ५३ लख ५० हजार रहेको समितिले जनाएको छ ।

विश्वमै सवै भन्दा धेरै हेरिने खेल फुटबल भएकाले यसको विकासले विश्वमा जिल्ला र राष्ट्रलाई चिनाउन सकिन्छ । उदयपुर गोल्डक कप सुरु गरेपछि उदयपुर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले बताए ।

पिछडिएका जिल्लाहरुले गोल्ड कप गर्न सक्दैन भन्ने एक प्रकारको सोचलाई चिर्दै उदयपुरले गोल्ड कपको सुरुवात गरेपछि अहिले देशमा धेरै उदयपुर जस्ता जिल्लाले गोल्ड कपको आयोजना गरिरहेको प्रवक्ता राईले बताए ।