
साउन ११ गते ।
बैदेशीक रोजगारीमा चिन पुगेका ४४ जना नेपाली महिला कामदारलाई नेपाल फर्किएका छन् । चीनमा समस्यामा परेका ४४ जना नेपाली महिला कामदार स्वदेश फर्किएका हुन्् ।
ल्याओनिङ प्रान्तको दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई नेपाल फर्काइको बेइजिङमा अवस्थित नेपाली दूताबासले जनाएको छ । नेपाल फर्किएका नेपाली महिला कामदार भोली काठमाण्डौँ आईपुग्ने छन् ।
नेपाली महिलाहरु श्रम स्वीकृती लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मे महिनामा नेपालबाट आएको दूताबासले जनाएको छ । तर, जुन दोस्रो साता करार अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो आएपछि दूताबासले उद्दार कार्य थालेको थियो ।
चीन सरकारसँगको सम्वयनमा म्यानपावर कम्पनीको खर्चले महिला कामदारहरुलाई स्वदेश फर्काइएको दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।