Wednesday, May 6News That Matters

५ अर्वको नक्कली चेक

भदौ २० गते । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हातहतियार कारोबारको अभियोगमा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ ।

धनगढी–४ चटकपुरबाट दुईजना सहकर्मीसहित पक्राउ परेका राणाको डेराबाट पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार थान पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो ।

पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।