Sunday, June 14News That Matters

६१ वर्षीय वृद्धको पेटमा रक्सीको बोतल भेटियो

पूर्णपुष्टि,चैत्र ३० । धनगढी–१४ का ६१ वर्षीय जवानसिंह रोक्कामगरको पेटमा रक्सीको बोतल फेला परेको छ । बिहिबार दिउँसो सेती प्रादेशकि अस्पातालको मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भनेर अस्पताल आएको वृद्धको पेटमा रक्सीको बोतल भेटिएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरेको गर्न पठाइयो । एक्सरेको रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखाएको थियो । एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाएको सूचना अधिकारी उपाध्याय बताए ।

मगरका अनुसार साथीसँगै मदिरा सेवन गरेको र साथीहरूले नै पेटभित्र बोतल छिराइदिएको बताइन् । उनको पेटमा बोतल गएको दुई दिन जति भयो । मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।

‘पेट भित्रको बोतल निकाल्न अप्रेशन गर्ने वा उसै निस्किन्छ भन्ने तयारी भइरहेको छ, अप्रेशन आजै हुनसक्छ । अप्रेशनका लागि अरू पनि मेडिकल चेकअप हुन्छ । सबै तयारी पूरा गरेर बोतल निकाल्ने काम हुन्छ,’ सूचना अधिकारी उपाध्ययले भने ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दका अनुसार उनको आफन्तहरुकै सहमतिमा उनको पेटभित्रको बोतल निकाल्न अप्रेशनको तयारी भइरहेको बताए । उनका अनुसार घटनाबारे सोधपुछ गर्दा बिरामीले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन् । ‘बिरामीले कसैले यातना दिएर नभई मेरो आफ्नै गल्ती कमजोरीले यस्तो घटना हुनपुगेको कुरा गर्नुभएको छ, आफन्तहरू पुगेर उहाँको अप्रेशन तयारी भइरहेको,’ डिएसपी चन्दले भने।